(१) नेपाल सरकारले काउन्सिलको गठन गर्नेछ र काउन्सिलमा देहायका व्यक्तिहरू रहनेछन् :–
(क) सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति –अध्यक्ष
(ख) … … …
(ग) … … …
(ग१) सभापति, नेपाल पत्रकार महासंघ –सदस्य
(घ) पत्रकारहरू, सम्पादकहरू र प्रकाशकहरू मध्येबाट पत्रकार संघहरूको परामर्श लिई प्रत्येक क्षेत्रबाट दुई जनाको हिसाबले नेपाल सरकारले मनोनीत गरेको ६ जना व्यक्ति –सदस्य
(ङ) श्रमजीवि पत्रकारहरू मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना व्यक्ति –सदस्य
(च) पत्रकारिता लगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्ति मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना व्यक्ति –सदस्य
(छ) साहित्यिक पत्रकारितासंग सम्बन्धित संस्थाहरूले सिफारिश गरेको पत्रकारहरू मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना व्यक्ति –सदस्य
(ज) महा–निर्देशक, प्रेस सूचना विभाग – सदस्य–सचिव
(२) काउन्सिलको अध्यक्ष तथा सदस्यहरूको पदावधि ४ वर्षको हुनेछ ।
(३) अध्यक्ष वा कुनै सदस्यले पदावधि समाप्त नहुँदै पद त्याग गर्न चाहेमा अध्यक्षले नेपाल सरकार समक्ष र सदस्यले अध्यक्ष समक्ष लिखित राजीनामा पेश गर्न सक्नेछ ।